`

दोस्रोपटक अफगानिस्तान नेपालसँग पराजित 

Nepal One HD ९ असोज २०८३ १४:००
खेलकुद

काठमाडाैं। जापानमा जारी एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको जित निकालेको छ ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहित पौडेल ३३ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए ।

यसअघि निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । अफगानिस्तानका फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नान्गेलिया खान १७ रनमा अविजित रहे ।

अफगानिस्तानका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो । अफगानिस्तानले भने यसअघि जापानलाई ४८ रनले पराजित गरेको थियो ।

पुरुष क्रिकेटतर्फ प्रतियोगितामा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका भने सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *