`

गृहमन्त्री गुरुङ किन जाँदैछन् भारत?

Nepal One HD १९ असोज २०८३ १६:१७
बिशेष

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ असोज २६ गते भारत भ्रमणमा जाने भएका छन्।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।

गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा उनले बिमस्टेकसँग सम्बन्धित बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

गुरुङ केही समयअघि गृहमन्त्री नियुक्त भएका थिए। गृह मन्त्रालय सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *