बिरामी बोकेर चितवन आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो
समाचार
काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।
आज बिहान माडी क्षेत्रमा परेको भारी वर्षापछि आएको बगही सहायक खोलाले एम्बुलेन्स बगाएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्।
उनका अनुसार एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। खोलाले एम्बुलेन्स बगाए पनि उनीहरू सबै सकुशल रहेको उनले बताइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
