`

कांग्रेसमा अमृत बोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्‍याउने दाबी

Nepal One HD २१ असोज २०८३ १९:४८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य अमृत बोस्तीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

नेपाली जनसम्पर्क समिति क्यानडासँग आबद्ध बोस्तीले क्यानडा तथा युरोप क्लस्टरतर्फबाट उम्मेदवारी दिएका हुन्।

विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय रहेका बोस्तीले प्रवासमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई पार्टीको मूलधारसँग जोड्ने एजेण्डा अघि सारेका छन्।

उनले जनसम्पर्क समितिलाई औपचारिक संरचनामा सीमित नराखी पार्टी संगठन विस्तार र प्रवासी नेपालीका समस्या तथा अपेक्षालाई नीति निर्माणको तहसम्म पुर्‍याउने माध्यम बनाउनुपर्ने धारणा राख्दै आएका छन्।

संगठन निर्माण र युवाको सहभागितालाई प्राथमिकता दिँदै आएका बोस्ती विगतको स्ववियु निर्वाचनमा संगठनलाई सहयोग गर्न नेपालसमेत फर्किएका थिए। अहिले पनि महाधिवेशनका लागि उनी नेपाल आएका छन्।

प्रवासमा बसे पनि पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका बोस्तीले आफू निर्वाचित भए प्रवासी नेपालीको सहभागिता बढाउने, जनसम्पर्क समितिलाई थप व्यवस्थित बनाउने र युवालाई कांग्रेसको केन्द्रीय संरचनासँग जोड्ने विषयलाई प्राथमिकता दिने बताएका छन्।

उनको उम्मेदवारीलाई कांग्रेसभित्र प्रवासी प्रतिनिधित्व र युवा सहभागिताको बहससँग जोडेर हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *