`

‘देउवा, कोइराला, पौडेल समूह सबै सकिए, अब कांग्रेसको भविष्य केन्द्रमा राखौँ’ – गगन थापा

Nepal One HD २१ असोज २०८३ २०:२२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि चल्दै आएको गुटगत राजनीति अन्त्य भएको घोषणा गरेका छन्।

१५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले देउवा, कोइराला र पौडेल समूहलगायतका गुट अब समाप्त भएको बताए। उनले अब कांग्रेसको भविष्य, मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।

कांग्रेस आफ्नो लागि संगठन मात्र नभई परिवार र घरजस्तै भएको बताउँदै थापाले विगतमा नयाँ पार्टी गठनको प्रस्ताव आए पनि कांग्रेसका मूल्य र परम्पराका कारण अस्वीकार गरेको बताए।

उनले पार्टी सुधार तल्लो तहबाटै सुरु गर्नुपर्ने भन्दै सदस्यता, नेतृत्व चयन, संगठन सञ्चालन र आन्तरिक कार्यपद्धतिमा परिवर्तन आवश्यक रहेको बताए। आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापनमा २० प्रतिशत र राष्ट्रिय रूपमा कांग्रेसलाई सुदृढ बनाउन ८० प्रतिशत समय दिने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *