`

कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप खर्च पार्टीले व्यहोर्ने

Nepal One HD २२ असोज २०८३ १७:२४
राजनीति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधिलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले नै व्यहोर्ने निर्णय गरिएको उनले बताए।।

उनले थप एक दिनका लागि आवश्यक आवास, खानपिनलगायत खर्चको व्यवस्थापन पार्टीले गर्ने जानकारी दिए। साथै, महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूमाथि अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *