`

भीमफेदी दुर्घटना: ज्यान गुमाउनेमा एकैघरका ५ जनासहित ११ जनाको पहिचान खुल्यो

Nepal One HD २७ कार्तिक २०८३ १५:५२
बिशेष

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा चालकसहित सर्लाहीका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गाडीका चालक सर्लाहीको कबिलासी गाउँपालिका-८ का करिब ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् ।

त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव र उनका तीन छोरी १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव तथा ५ वर्षीया दीपिका यादवको पनि दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी, त्यहि गाउँका करिब ३५-३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०-३२ वर्षीया गायत्री देवी, २५-२६ वर्षीय राम दुलार यादव, २४-२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि ज्यान गुमाएका छन् ।

साथै, दुर्घटनामा एकै गाउँका परिवार तथा आफन्तले ज्यान गुमाएका छन् । काठमाडौंमा बसोबास गर्दै आएका उनीहरू छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *