`

छठ पर्वका लागि इटहरीको बूढी खोलामा भव्य तयारी (तस्वीरहरू)

Nepal One HD २८ कार्तिक २०८३ १७:४९
फोटोफिचर

इटहरी । छठ पर्व नजिकिएसँगै सुनसरी र मोरङको सीमा क्षेत्रमा पर्ने इटहरीस्थित बूढी खोला किनारमा तयारी तीव्र पारिएको छ । पर्व मनाउन आउने व्रतालु तथा श्रद्धालु भक्तजनको सुविधालाई ध्यानमा राख्दै छठ घाट निर्माण, सरसफाइ र सजावटका काम अघि बढाइएको हो ।

खोला किनारमा पूजास्थल व्यवस्थापन, घाट निर्माण, बत्ती जडान तथा विभिन्न सजावटका काम भइरहेका छन् । छठ पर्वलाई व्यवस्थित, सुरक्षित र आकर्षक रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोजक तथा स्थानीयवासी तयारीमा जुटेका छन् ।

प्रत्येक वर्ष छठका अवसरमा बूढी खोला किनारमा सुनसरी, मोरङसहित आसपासका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वका लागि यस क्षेत्रमा विशेष चहलपहल हुने गर्दछ ।

श्रद्धालुको उल्लेख्य उपस्थितिलाई मध्यनजर गर्दै पूजाआराधनाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ । घाट तथा आसपासको क्षेत्रलाई सफा र आकर्षक बनाउँदै पर्वलाई भव्य रूपमा मनाउने तयारी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *