एमालेमाथि भित्री र बाहिरी शक्तिको संयुक्त आक्रमण भयो : ओली
बिशेष
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन्।
एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले विगतमा पार्टीले धक्का खानुको कारण विरोधीहरूको योजनाबद्ध आक्रमण भएको दाबी गरे।
उनले सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालतलगायत सरकारी संरचनामा आगजनी तथा सार्वजनिक सम्पत्तिमा लुटपाट गर्ने नेपाली नागरिक नै भएको बताए।
त्यस्तै, देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई ठूलो कर तिर्ने राष्ट्रिय उद्यमी तथा व्यवसायीका प्रतिष्ठानलाई समेत लक्षित गरी तोडफोड र आगजनी गरिएको उनको आरोप थियो।
ओलीले केही हजार व्यक्तिहरू सरकारी सम्पत्तिमा आगजनी गर्ने, जनप्रतिनिधिमूलक संस्थाविरुद्ध भ्रम फैलाउने र नेताहरूको चरित्र हत्या गर्ने गतिविधिमा संलग्न भएको दाबीसमेत गरे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
