`

टिकटको सपना देखेर उम्मेदवारी घोषणा गर्नेहरूको सपना पूरा हुँदैन – रवि

Nepal One HD २९ कार्तिक २०८३ १७:४३
बिशेष

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई जनताको सेवक बनेर अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सांसदको जीवनशैली परिवर्तन गर्नुभन्दा मतदाताको जीवनस्तर सुधार्ने गरी काम गर्न आग्रह गरे। जनताको अपेक्षाअनुसार काम नगरे आगामी निर्वाचनमा जनताले जवाफ दिने उनको भनाइ थियो।

उनले मधेश प्रदेशमा पार्टीको टिकट दिलाइदिने भन्दै आर्थिक लेनदेन भइरहेको भन्ने सूचना आएको उल्लेख गर्दै टिकटको नाममा कसैलाई पैसा नदिन आग्रह गरे। टिकटमा आर्थिक चलखेल भएको जानकारी पाए प्रहरीमा उजुरी गर्न र सूचना दिनेलाई पार्टीले पुरस्कार दिने उनले बताए।

लामिछानेले विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सम्मान गर्दै मधेशका जनताले खोजेका हकअधिकार सुनिश्चित गर्न रास्वपा प्रतिबद्ध रहेकोसमेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *