`

पत्रकारलाई धम्क्याउने भगवानमाथि कारबाही माग

Nepal One HD ३० कार्तिक २०८३ १२:०४
प्रमुख खबर

काठमाडौं । म्याग्दीका पत्रकार सन्तोष गौतमलाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै पत्रकार गौतमलाई धम्की दिने व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।

महासंघका अनुसार बेनी नगरपालिका-६, अर्थुङ्गेका भगवान पौडेलले आफ्नो फेसबुक पेजमा पत्रकार गौतमलाई लक्षित गर्दै ‘दिन गन्नुहोला’ भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

May be an image of text

पौडेलले गौतमको व्यावसायिक निष्ठामाथि प्रश्न उठाउँदै विभिन्न आरोपसमेत लगाएको महासंघले जनाएको छ । यसअघि पनि पत्रकार गौतममाथि व्यक्तिगत आक्षेप लगाउने, दबाब सिर्जना गर्ने र व्यक्तिगत रूपमा आक्रमण गर्ने गतिविधि हुँदै आएको महासंघको भनाइ छ ।

पत्रकारलाई लक्षित गरी धम्की दिने तथा पेसागत जिम्मेवारी निर्वाह गर्न अवरोध पुर्‍याउने कार्य निन्दनीय रहेको महासंघले जनाएको छ ।

महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारले निर्भयपूर्वक काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *