`

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

Nepal One HD १ मंसिर २०८३ २१:१०
खेलकुद

लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

लिग चरणमा ११ अंकसहित लुम्बिनी शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भयो। काठमाडौं गोर्खाज आठ अंकसहित तेस्रो र चितवन राइनोज सात अंकसहित चौथो स्थानमा रहे।

यसैबीच, जनकपुर बोल्ट्सका १६ वर्षीय युवा बलर राहुल यादवले सात खेलमा १२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *