इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसहितमाथि अनुसन्धान गर्न जेनजीको माग
बिशेष
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसहित प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयमा रहेका व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै मुभमेन्टले कुमार ब्यञ्जनकार, विशाल अधिकारी, जेम्स कार्की र चिराग श्रेष्ठलाई पदबाट हटाएर अनुसन्धान गर्न माग गरेको हो।
प्रहरी अनुसन्धानमा रहेको इनमको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा दुई दिन राखिएको विषयमा स्वतन्त्र डिजिटल फरेन्सिक जाँच गर्न पनि मुभमेन्टले माग गरेको छ।
अनुसन्धान प्रभावित पार्ने वा प्रमाण नष्ट गरेको पुष्टि भए संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने र निष्पक्ष छानबिन नभए नागरिक प्रतिवादमा उत्रिने मुभमेन्टले चेतावनी दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
