`

विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

Nepal One HD १ मंसिर २०८३ २१:२५
समाचार

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ्ग रहेका विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

झान हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा निजले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो । उक्त पदार्थको तौल ६३५ दशमलव ९६ ग्राम रहेको प्रहरीले जनाएको छ ।

भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरी झानलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिनुभयो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *