`

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

Nepal One HD २ मंसिर २०८३ ९:०१
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तथा एजेन्डाबारे छलफल गर्न पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज (मंसिर १ गते) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

बैठकमा भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डामाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, आगामी मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गरिने जनाइएको छ।

बैठकले पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्ने विषयमा पनि छलफल गर्नेछ।

राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बस्न लागेको स्थायी कमिटी बैठकलाई पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *