भारत भ्रमणमा पञ्चेश्वर परियोजनालाई प्राथमिकता दिन प्रचण्डको आग्रह
बिशेष
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्याउन सुझाव दिएका छन्।
बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले पञ्चेश्वरसँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकासका सहमतिलाई पनि अघि बढाउन आग्रह गरे।
आफू प्रधानमन्त्री हुँदा पञ्चेश्वर परियोजनाको सम्झौता हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले यसलाई टुंगोमा पुर्याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताए।
प्रधानमन्त्री बालेनले राम्रो काम गरे आफू र आफ्नो पार्टीको पूर्ण सहयोग रहने पनि प्रचण्डले स्पष्ट पारे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
