काठमाडौं जिल्ला चौबिसै घण्टा खुला गर्ने प्रशासनको तयारी
प्रमुख खबर
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी अघि बढाएको छ।
प्रशासनले यसका लागि सुरक्षा व्यवस्था, सडक बत्ती, सीसीटीभी, विद्युत्, इन्टरनेट, स्वास्थ्य सेवा तथा यातायातजस्ता आवश्यक पूर्वाधार सुनिश्चित गर्ने तयारी गरिरहेको जनाएको छ।
दरबारमार्ग र ठमेल यसअघि नै चौबिसै घण्टा सञ्चालनमा रहेकामा अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत रातभर खुला गर्ने विषयमा स्थानीय तह, सरकारी निकाय र निजी क्षेत्रसँग समन्वय गरिने प्रशासनले जनाएको छ।
आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्था सुनिश्चित भएपछि मात्रै जिल्लाका सबै क्षेत्र चौबिसै घण्टा खुला गरिनेछ। हालका लागि भने अन्य क्षेत्रका व्यवसायीले साविककै समयअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
