बिहानै भूकम्पले हल्लियो काठमाडौं
प्रमुख खबर
काठमाडौं । काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित भएका छन्।
बिहानको समयमा अचानक घर तथा भवन हल्लिएपछि सर्वसाधारणले भूकम्प गएको अनुभव गरेका हुन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
भूकम्पको केन्द्रबिन्दु कहाँ थियो, कति म्याग्निच्युडको थियो र कति गहिराइबाट गएको थियो भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
