`

विश्वासको मत फकाउन एकीकृत समाजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव

Nepal One HD २५ पुष २०७९ ८:०६
राजनीति

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सारेका छन् ।संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सारेका हुन् ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् ।प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उनले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘पार्टी एकता जादुको छडीजस्तो छिनमै हुने कुरा हैन,’ उनले भने । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


प्रतिक्रिया