`

जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेको थियो

Nepal One HD १ माघ २०७९ १२:५५
समाचार

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको–एन एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज भएकोे विमानस्थल स्रोतले जनाएको छ ।

आज दुर्घटनामा परेको जहाज २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । अनुभवी पाइलट समेत रहेका क्याप्टेन कमल केसीले उडाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो तर विमान एक्कासी सेती नदीको खोँचमा खस्यो ।


प्रतिक्रिया