अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी
फोटोफिचर
सिरहा । महापर्व छठको मुख्य पूजाअघि सिरहाका पोखरी, तलाउ तथा नदी किनारमा चहलपहल बढेको छ । छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीसँगै जिल्लाका विभिन्न घाटमा व्रतालु र श्रद्धालुको आवतजावत बढेको हो ।
छठलाई व्यवस्थित र आकर्षक बनाउन जिल्लाका जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनको काम तीव्र पारिएको छ । सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि विशेष रूपमा सिँगारिएको छ । पोखरी परिसरमा झिलिमिली बत्ती र विभिन्न सजावटका सामग्री राखेर आकर्षक बनाउने काम भइरहेको छ ।
छठ पर्वमा व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजा गर्न सहज होस् भन्ने उद्देश्यले पोखरी परिसरमा आवश्यक तयारी भइरहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिने समय नजिकिँदै जाँदा सलहेश पोखरीसहित जिल्लाका विभिन्न छठ घाटमा पर्वको रौनक थपिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको










