`

मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न ऊर्जामन्त्री लिङ्देनको आग्रह

Nepal One HD ४ माघ २०७९ २०:५१
राजनीति

काठमाडौं – उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग भेटवार्ता गरेका छन् ।

बुधबार यी दुवै संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्दै उनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन् ।

उनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरेका थिए । भेटमा दुवै संस्थाका प्रतिनिधि लिङ्देन लाई बधाई तथा शुभकामना दिएका थिए ।


प्रतिक्रिया