प्रचण्ड भेट्न बालुवाटार पुगे गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको छ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री र महामन्त्री थापाबी भेटवार्ता भएको हो ।
बिहीबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटवार्ता गर्दै आएका छन् ।
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान लिएपछि एमालेले शंका व्यक्त गरिरहेको छ । पुस १० को सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा प्रचण्डले अनिच्छा देखाउन थालेपछि गठबन्धन के हुने अन्यौल छ । त्यसो त बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम महामन्त्री थापाले एमालेबाट अघि सारेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका थिए ।