`

‘राजनीतिकमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भए प्रविधिको बिस्तार गर्न सकिन्छ : ‘ सिके राउत

Nepal One HD २८ माघ २०७९ १६:४०
विज्ञान-प्रविधि

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउतले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यले कुनै पनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्न सक्ने मान्छे हुनुपर्यो । नयाँ प्रविधिलाई । हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्ने खालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो । यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ ।’

राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्नेमा उनको जोड छ । प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने रु सुरक्षा नीति के हुने रु लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्याउनुपर्ने बताए । उनले प्रविधिहरुको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्ने समेत बताए ।


प्रतिक्रिया