`

सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो छैन, याे कुन दिन भत्किन्छ : अध्यक्ष नेपाल

Nepal One HD ७ फागुन २०७९ १५:०२
प्रमुख खबर

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनले राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताए ।

पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन कार्यक्ममा बोल्दै उनले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुन्छ ।, सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने सक्दैन ।’


प्रतिक्रिया