वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ र स्पष्ट छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभएको छ । उहाँले सूचना प्रविधिको तीव्र र द्रुत विकासले सञ्चार जगतका साथै सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको धारणा राख्नुभयो ।
विश्वमा सूचना र प्रविधिको द्रुत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरूलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर सञ्चारमाध्यमले काम गर्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट