`

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

Nepal One HD ७ फागुन २०७९ १७:५०
प्रमुख खबर

काठमाडौँ – चर्चित व्यवसायी दुर्गा प्रसाईँले एमाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रसाईँले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाई रहनुभएको छ ।

प्रसाईँले पूर्वराजपरिवारलाई अघि सारेर झापाको मेचीपुलबाट महाअभियानको घोषणा गर्नुभएको थियो । सोही घटनालाई लिएर एमालेको स्थानीय कमिटीले प्रसाईँलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरे पनि एमालेले निर्णय नलिँदै प्रसाईँ आफैँले आफू एमालेबाट अलग भएको घोषणा गर्नुभएको हो ।

प्रसाईँले आजै काठमाडौँ आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ ।

एमाले केन्द्रीय समितिको बैठकले २०७८ मङ्सिर २६ मा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट प्रसाईँ पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रूपमा चर्चित हुनुहुन्थ्यो । पूर्वराजसँग नजिकिएसँगै प्रसाईँको गतिविधिबारे एमालेमा विरोध सुरु भइरहेको थियो ।


प्रतिक्रिया