लोसपाले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न सकारात्मक छ : योगेश भट्टराई

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले लोसपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्न सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै लोसपाका अध्यक्ष ठाकुरसँग भेट गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै हुन् ।
उनले भने,‘ लोसपाले भने पार्टीको बैठक २४ गते बस्ने र त्यसबाट निर्णय गर्ने भएको छ । यद्यपि सुवास नेम्वाङको उम्मेदवारीप्रति उहाँहरुको सकारात्मक प्रतिक्रिया पाएको छौं ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट