हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् : माधवकुमार नेपाल

प्रमुख खबर

काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्ताव लिएर आएको टिप्पणी गरेका छन् । आज नेकपा एसनिकट दलित संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।
नेपालले भने– हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् । यस्ता प्रस्तावबाट माथिंगलहरु चक्कराइरहेको हुनसक्छ । कतिले राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भए हुन्थ्यो भनेका छन् । कतिपयले त्यस्ता प्रस्तावमा भ्रमित भएर चुर्लुम्म डुब्ने पो हो कि भन्ने चिन्ता जगाएको देखिन्छ । यसमा कोही भ्रमित हुनुपर्दैन ।
नेपालले आफ्नो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजर अन्दाज गर्न नसक्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट