माधब नेपाललाई ओलीकाे समवेदना
राजनीति
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट गर्नुभएकाे छ । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।
नेपाललाई भेट्न आज दिउँसो ओली उहाँ बसेको किरिया पुत्री भवनमा पुग्नुभएकाे थियाे । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभयाे ।
नेपालका भाइ उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
