राष्ट्रपति निर्वाचनको मतगणना सुरू

प्रमुख खबर

काठमाडौँ – राष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ ।
बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजे सकिएको थियो । निर्वाचन आयोगले संघ र प्रदेशसभातर्फको छुट्टाछुट्टै स्थलबाट गणना थालेको हो ।
राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् ।
मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट