एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


काठमाडौँ – नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक बाट शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताए ।
ज्ञवालीले भने, ‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधानविपरितको कुरा हो । त्यसो गर्न मिल्दैन ।’
उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि दिएको छ ।