एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्ताैला नियुक्त
राजनीति
काठमाडौँ – नेकपा (एमाले)को प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन हुनु भएको छ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले सचेतकमा प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नियुक्त गर्नुभएको छ । गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी हुनु भएको थियो ।
गिरी र बर्तौला दुवै नेता विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । गिरी पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् भने बर्तौला हेटौँडा क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
