`

नेविसंघकाे चुनावी घोषणापत्र सार्वजनिक

Nepal One HD २ चैत २०७९ १६:३२
राजनीति

काठमाडौँ – नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

नेविसंघ केन्द्रीय समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुने गरी ज्ञानवर्धक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्ने उल्लेख गरिएको छ । 

नेविसंघले अपाङमैत्री शिक्षालय, छात्रवृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका एजेण्डा अघि  लिएको छ । नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ ।

नेविसंघले बोकेका मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निःशुल्क बनाउन लगायत छन् । पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक समितिका सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरुमाँझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताए । उनले स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने प्लेटफर्म भएको उल्लेख गरे । 

उनले अहिले स्ववियु निर्वाचन हुन नदिने विभिन्न प्रपञ्च भइरहेकोतर्फ लक्षित गर्दै त्यसप्रति सचेत हुन पनि उनले सबैलाई आग्रह गरे । 


प्रतिक्रिया