उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको छु : अष्टलक्ष्मी

राजनीति

काठमाडौँ – नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफ्नो जित हुने दाबी गरेकी छन्।
शुक्रबार संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताइन् ।
उनले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।,उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको छु ।, राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु । ’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट