`

एक महिने यात्रामा निस्कदैँ अध्यक्ष ओली

Nepal One HD ३ चैत २०७९ १२:३८
राजनीति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक महिने लामाे यात्रामा निस्कने हुनुभएकाे छ । उहाँले  मध्यपहाडी लोकमार्गकाे बाटाे हुँदै पूर्वदेखि पश्चिमसम्मको यात्रा गर्ने हुनुभएकाे हाे । 

बैशाखको दोस्रो हप्ताबाट ओलीले मध्यपहाडी लोकमार्गबाट गाडीको यात्रा गर्दै जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।  

कानूनका विद्यार्थीसँग बिहीबारको अन्तरक्रियामा पनि अध्यक्ष ओलीले आफू मध्यपहाडी लोकमार्गको यात्रामा निस्किन लागेको बताउनुभएकाे थियाे । उहाँ एक महिना लामो यात्रामा त्यहाँ रहेका जनतासँग भेट्ने बताउनुभएकाे छ । 

मिसन ग्रासरुट अभियान चलाएको एमालेले स्थानीय जनतालाई आफ्नो कार्यकालमा गरेका कामको प्रचार र पार्टीको सुदृढीकरण अभियान थालेको छ।


प्रतिक्रिया