`

हामी ढाेक्सा थाप्दैनाैँ, जनताकाे बीचमा गएर ढ्वाँङ थाप्छाैँ : गाेकुल बास्काेटा

Nepal One HD ३ चैत २०७९ १४:२४
राजनीति

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरुले सत्ताको लागि ढोक्सा नथाप्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद भवन पुग्नुभएका बास्कोटाले सत्ताका लागि कांग्रेसले थापेजस्तो ढोक्सा आफूहरुले नथाप्ने र जनताको बीचमा गएर ढ्वाङ थाप्ने बताएका हुन् ।

”ढोक्सा’ भनेको षड्यन्त्र हो, जाली काम हो’ उनले भने । बास्कोटाले सरकारले रासायनिक मलको भाउ बढाएकोमा टिप्पणी पनि गरे ।

उहाँले अबको राजनीति कुन दिशामा जान्छ, भन्ने प्रश्नमा आफू ज्योतिष नभएको र यसबारे देउवालाई प्रश्न गर्न भने ।


प्रतिक्रिया