`

काँग्रेसले सरकारमा मन्त्री पठाउन चार मापदण्ड तोक्यो

Nepal One HD ५ चैत २०७९ १२:५५
प्रमुख खबर

काठमाडौँ – नेपाली काँग्रेसले सरकारमा मन्त्री पठाउन चार मापदण्ड तोकेको छ।

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको टुंगो लगाउन मापदण्ड तोकेको हो । मन्त्री टुंगो लगाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनका आधारमा टुंगो लगाउने निर्णय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले भोलि विश्वासको मत दिएपछि सरकारमा जाने प्रक्रिया अघि बढ्छ। हामीले कति मन्त्रालय पाउँछौँ भन्ने गठबन्धन दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। नेतृत्व तहले मोटामोटी गृहकार्य गरिरहेकै अनुसार हुन्छ। त्यसका लागि योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई पनि ध्यान दिएर पार्टी नेतृत्वले निर्णय गर्छ।’


प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने प्रवक्ता महतले दाबी गरेका छन्।


प्रतिक्रिया