गठबन्धनको तमासा जनताले हेरिरहेका छन् : विष्णु पौडेल

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको बताएका छन् ।
आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत पाएको लामो समय बित्दा पनि दश दलिय गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताए ।
उनले भने, ‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट