बैशाख १० गते हुने उप-चुनावको उम्मेदवार टुंगो लगाउन एमाले बैठक बस्दै

राजनीति
काठमाडौँ – नेकपा एमालेले बैशाख १० गते हुने उप-चुनावको उम्मेदवार टुंगो लगाउन आज सचिवालय बैठक बस्दैछ ।
पार्टी मूख्य कार्यालय च्यासलमा साढे १२ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
चितवन -२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ -१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।
बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट