`

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निकालिए, विन्दवासिनीलाई सांसद बनाइने

Nepal One HD २९ चैत २०७९ २१:१४
प्रमुख खबर

काठमाडौं – ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निकालिएका छन् । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी र सांसद पदबाट निष्कासित गर्ने निर्णय गरेको हो । यस्तै उक्त बैठकले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ ।


प्रतिक्रिया