`

केपी ओलीकाे आरोप : यो गठबन्धन सरकारले विकासको योजना काटेर आफन्त पोस्यो

Nepal One HD ७ वैशाख २०८० १६:३९
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाएका छन् ।

बिहिबार बाराको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए ।

उनले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’

२० वर्षमा नभएको काम तीन वर्षमा गरेका उनले दाबी गरे ।


प्रतिक्रिया