`

चितवन २ उपनिर्वाचन : रवि र रामप्रसादले मतदान गर्न नपाउने

Nepal One HD १० वैशाख २०८० ७:५३
निर्वाचन विषेश

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचन भइरहेको छ । चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा आज उपनिर्वाचन भएको हो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने र एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विच प्रतिस्पर्धा छ ।

लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार श्रेष्ठले आज कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरिसकेका छन् । यस्तै एमालेबाट उम्मेदवार बनेका न्यौपाने र लामिछानेले भने मतदान गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मतदान गर्न नपाउने भएका हुन् ।


प्रतिक्रिया