`

बारा २ उपनिर्वाचन : ३ मुख्य प्रतिस्पर्धीले मतदान गर्न नपाउने

Nepal One HD १० वैशाख २०८० ८:४०
निर्वाचन विषेश

काठमाडौं – बारा क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचन भइरहेको छ । बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपति बनेपछि सोही क्षेत्रमा उपनिर्वाचन भएको हो ।

यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ उम्मेदवार पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन ।

पौडेलको बारा–३ को मतदाता रहेको, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन । 


प्रतिक्रिया