तनहुँ–१ उपनिर्वाचन : मतान्तर फराकिलो पार्दै रास्वपाका वाग्ले, २२ हजार भोट कटाए

निर्वाचन विषेश

तनहुँ – तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ४३ हजार ७१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् । ४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ ल्याएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ५९५ मत ल्याएका छन् । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट