`

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची

Nepal One HD १३ वैशाख २०८० ७:२७
प्रमुख खबर

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे संघीय संसद भवन, वानेश्वरमा बस्नेछ । 

आजको बैठकको सम्भावित कार्यसुची पनि सार्वजनिक भएको छ । आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची रहेको छ ।संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद ९काम, कर्तब्य, अधिकार र कार्यबिधि० संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।


प्रतिक्रिया