`

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु को को हुन ? : प्रेम सुवाल

Nepal One HD २४ वैशाख २०८० १६:५१
राजनीति

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु को को हुन त्यसबारे सरकारले जानकारी दिनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा उजले यस्तो बताएका हुन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको उल्लेख गर्दै उनले संसद बैठकमा भने, ‘८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ? यी सबै विषयमा छानबिन हुनुपर्‍यो।’


प्रतिक्रिया