नागरिकतासम्बन्धी विधेयक संसद्मा नल्याएर पास गर्न खोजे एमालेले प्रतिवाद गर्छ : रघुजी पन्त

राजनीति

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक पुनः पारित गर्न खोजेको भन्दै विरोध गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक संसद्मा नल्याएर पास गर्न खोजे एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।
“नागरिकता हिउँदे अधिवेशनमा ल्याएको भए हामी पास गर्न तयार थियौँ । तर, त्यतिबेला नल्याएर अहिले संसद्मा नल्याएर पास गर्न खोज यो सह्य हुँदैन,” उनले भने, “यो संसद्को अधिकार हनन गर्न पाइँदैन । यहाँ तुरुन्त ल्याइयोस् यदि राष्ट्रपतिलाई अघि बढाएर पास गरे एमालेलाई स्वीकार हुँदैन ।”
नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर रोकेकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट