`

संबैधानिक परिषदको बैठक बस्दै

Nepal One HD २५ वैशाख २०८० ७:०३
राजनीति

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज साँझ ६ बजे बस्दैछ । प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि आज संबैधानिक परिषदको बैठक बस्न लागेको हो ।गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो ।
 
प्रतिनिधिसभाकाो पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसुचीमा समावेश गरिसकेको सो बिद्येयक अन्तिममा फिर्ता लिर्ईएको थियो । एमालेले संसदीय सुनवाईको पुर्णता पछि मात्रै सो बिद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ । 


प्रतिक्रिया