`

आर्थिक अवस्था बिग्रिएको बेला,बजेटको सिद्धान्त तथा प्राथमिकता नियमित कर्मकाण्डीमात्रै : रवि लामिछाने

Nepal One HD २५ वैशाख २०८० १३:४५
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछानेले देशको आर्थिक अवस्था बिग्रिएको बेला पनि त्यसमा कुनै चासो नदिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस वर्षको आर्थिक वृद्धिदर ३ दशकको नै कमजोर रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिनेछ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ । विगत केही वर्षका विनियोजन विधेयकका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित कर्मकाडी नै यो दस्तावेज आएको छ ,अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । यस वर्षको आर्थिक वृद्धिदर ३ दशकको नै कमजोर रहेको छ ।’

आर्थिक वर्ष सकिन लाग्दा पनि ५१ प्रतिशतमात्रै राजस्व उठेकाले असफल नीतिलाई निरन्तरता दिने कि नयाँ केही गर्ने भनेर उनले प्रश्न गरेका छन् ।


प्रतिक्रिया